Saturday, October 18, 2025

दशैं पर्वमा सान्ति सुरक्षा सीमानाकामा विशेष निगरानी पर्सा :

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेका छन् । नेपाल–भारत सीमा
नाकामा पर्ने पर्सामा
चाडपर्वको बेला बढ्न
सक्ने आपराधिक
गतिविधिलाई नियन्त्रण गर्न करिब १ महिनासम्म
विशेष सुरक्षा योजना लागु
गरिएको छ ।

महानगर देखि ग्रामिण इलाकासम्म ठाउँठाउँमा
सुरक्षाकर्मी खटाइएको छ
भने सिमानाकामा पनि
कडाई गरिएको छ ।

पर्सा जिल्ला नेपाल–भारत
सिमा क्षेत्रमा पर्ने मुख्य
नाका हो ।
यो नाकाबाट दैनिक
हजारौँको संख्यामा
मालवाहक सवारीसाधनहरु
आवतजावत गर्ने गर्छन् ।
भारतसंगको खुल्ला सीमा
भएकै कारण हुनसक्ने
आपराधिक क्रियाकलापलाई
न्यूनीकरण गर्न र शान्ति व्यवस्था कायम राख्न पर्सा प्रहरीको अग्रणी
भूमिका बनाए छ ।

त्यसमाथि हिन्दुहरुको महान चाड वडादशैँ, तिहार, छठ, पर्वमा आपराधिक
गतिविधि बढ्न सक्ने
सम्भावना धेरै भएको हुँदा
शान्ति सुरक्षा कायम गर्न
उत्तिकै चुनौतिपूर्ण रहेको
हुन्छ ।

सोही कुरालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय
पर्साले चाडपर्व लक्षित
विशेष सुरक्षा योजना लागु
गरेको हो ।

पर्सा प्रहरीका अनुसार
पर्साका १४ वटै स्थानीय
तहमा प्रहरीहरु तैनाथ छन्
भने सिमा क्षेत्रमा राती
दिउँसो
गस्ती परिचालन गरिएको
छ ।
वडादशैँको बेला २४ घण्टा
मठमन्दिरहरुमा दर्शनार्थीहरुको अत्याधिक
भिड हुने र सिमावर्ति सहर
भारतको रक्सौलबाट समेत हजारौको संख्यामा
भक्तजनहरु पूजाका लागि
बिरगंज आउने गर्छन ।
त्यसैले चाडपर्वको बेला
भक्तजन तथा दर्शनार्थीहरुको चाप बढ्ने
हुँदा चोरी लुटपाट, पाकेट मार तथा घटना
हुने भन्दै बाक्लो संख्यामा
सुरक्षाकर्मीहरु खटाएको
पर्सा प्रहरीले
जनाएका छन्

दशैका बेला खुल्ला सीमाका कारण हुने चोरी
तस्करी पनि प्रहरीका लागि मुख्य चुनौति हो ।
चाडपर्वको मौका छोपी
तस्करी मौलाउन सक्ने
भएको हुँदा सिमा क्षेत्रमा
थप कडाई गरिएको
जिल्ला पर्सा प्रहरीले
जनाएको छ ।

गाउ–घरँहरुमा मोबाईल र
पैदल गस्ती टोली व्यापक
रुपमा परिचालन गरिएको पर्सा प्रहरीलको भनाइ छ ।

यता,जिल्ला प्रशासन कार्यालय पर्साले सूचना
जारी गर्दै चाडपर्वका बेला
कुनैपनि वस्तुको अनुचित
तवरले मूल्य वृद्धि नगर्न,
अखाद्य वस्तुको
बिक्रिवितरण नगर्न,
सार्वजनिक सवारी
साधनको भाडा नबढाउन,
ठूलो आवाजमा डिजे वा
साउण्ड सिस्टम नबजाउन,
पटकाजन्य पदार्थको
बिक्रीवितरण र प्रयोग
नगर्न, जुवातास नखेल्न र
नखेलाउन निर्देशन दिएको
छ ।
२४ घण्टा प्रहरी परिचालन
गरिएको हुँदा ढुक्क भइ
मर्यादित ढंगले चाडपर्व
मनाउन पर्सा प्रहरीले
अनुरोध गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles