सशस्त्र प्रहरी पर्साले हुन्डिको रकमसहित एक जना भारतीय नागरिक अनिल कुमारलाई पक्राउ
गरेको छ ।
वीरगञ्ज वडा नम्बर १६, भन्सार मेनगेटमा सशस्त्र
प्रहरी नायब उपरीक्षक
सुरज रिजालको नेतृत्वमा
खटिएको टोलीले चेकजाँच गर्ने क्रममा
भारतबाट नेपालतर्फ
जाँदै गरेको बीआर ०५
एएम २६६४ नम्बरको
स्कुटरलाई शंका लागी
चेकजाँच गर्दा ठूलो
मात्रामा अवैध रकम फेला
परेको छन् ।
प्रहरीले स्कुटरमा सवार
भारतको पूर्वी चम्पारण, रक्सौल नगर पन्चायत
नागा रोडका ५८ वर्षीय
अनिल कुमार रुङ्गटालाई
नियन्त्रणमा लिएको छ ।
रुङ्गटाको झोलाबाट स्रोत
नखुलेको नेपाली रूपैयाँ ३
लाख ५३ हजार र
प्रतिबन्धित भारतीय रुपैयाँ
५०० दरका १७ हजार ५
सय फेला परेको सशस्त्र
प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र सिंह धामीले
बताएको छन् ।
सशस्त्र प्रहरीको अनुसार,
अनिल कुमारले स्कुटरमा
लुकाएर ल्याको हुन्डि रकमसहित पक्राउ परेका छन् ।