Tuesday, October 22, 2024

नवलपरासी “६९ औं प्रहरी दिवस २०८१” सम्पन्न :

ताजा / भरखरै प्राप्त

(बर्दघाट सुस्ता पूर्व) का
न प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको प्रमुख आतिथ्यतामा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान, विभिन्न सरकारी कार्यालयका तथा संघ संस्थाका प्रमुख, पत्रकार, पूर्व प्रहरी कर्मचारी, अमर प्रहरी परिवार समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा शोक शलामी तथा अमर प्रहरी स्मारकमा पुष्पहार तथा पुष्प गुच्छा अर्पण, अमर प्रहरी परिवारका सदस्य र जेष्ठ पूर्व प्रहरीहरुलाई सम्मान, खेलकुद प्रतियोगितामा विजयी हुने प्रहरी कर्मचारीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान, प्रहरी काम कारबाहीमा सहयोग पुर्‍याउने संघ संस्थाहरुलाई प्रशंसा पत्र वितरण गर्नुका साथै प्रहरी नायव उपरीक्षक जेशी साहबाट कार्यक्रममा स्वगत मन्तव्य, प्रमुख अतिथिबाट शुभकामना मन्तव्य र प्रमुख प्रहरी उपरीक्षक यादव ढकालबाट संगठन प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको शुभकामना सन्देश वाचन उपस्थित प्रमुख अतिथि लगायत सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन मन्तव्य राख्नुभएको थियो । कार्यक्रम समाप्ती पश्चात अमर प्रहरी परिवार, पूर्व प्रहरी कर्मचारीहरु र यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकाल साथै जिप्रका तथा मातहत प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरुका बिच अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles