क्रिकेटर सन्दीप लामिछानेले आज बेलुकी अमेरिका जाने भएका भएका छन् ।
लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।
टी -२० विश्वकप क्रिकेट खेल्न जान नपाएका उनलाई लिग २ क्रिकेट खेल्न जान भने अमेरिकाले भिसा दिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप आज शुक्रबार नै अमेरिका प्रस्थान गर्नेछन् ।