कार्तिक १७ गते
मधेस प्रदेसका मुख्यमन्त्री सतिस कुमार सिंहले राजनिती ,सामाजिक तथा आर्थिक क्षेत्रमा नेतृत्व लिनका लागि आगाडी आउन युवाहरुलाई
आह्वान गरेका छन ।
न्यु दियालो युवा क्लबले राैतहट सदरमुकाम गाैरमा आयोजना गरेको राैतहट युवा संवाद २०८१ लाई एक समारोह बिच उदघाटन गर्दै मुख्यमन्त्री सिंहले भविष्यको पिएम,सिएम,मिनिस्टर , सांसद र विधायक सबै तपाईं युवाहरु नै हो भने । ड्रगस लगायत नसालु पदार्थको सेवन गरि आफ्ना भविष्य र जवानीलाई अन्धकार तर्फ धकेलि रहेका युवाहरुलाई जाेगाउन शिक्षित युवाहरुलाई अग्रसरता देखाउन उनले अनुराेध गरेका छन ।