आफु मरेर गए पनि देशलाई बचाउने छु
क्रान्ति गरेर एक नयाँ इतिहास रचना गर्ने छु
देशको सुरक्षाको लागि निरन्तर लडिरहने छु
भ्रष्टहरुलाई देश बाट सधैको लागि लखेटने छु
जब सम्म न्याय दिन सकिँदैन लडाइ लडिरहने छु
यो देश समृद्ध बनाउने सपना पूरा गर्न खोजेको छु
स्वर्ग जस्तो सुन्दर देश हो यो इतिहास पुरानो छ
सुन्दर हाम्रो देशलाई पौरखी हातहरुले सजाउनु छ
लेखक :गोबिन्द राज ओझा (राजन )