
नेपाली सेनाका उपरथी प्रदीपजंग केसी बलाध्यक्ष रथीमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मध्य पृतना हेटौँडाका पृतनापति समेत रहेका केसीलाई
रिक्त रथी पदमा बढुवा
गर्ने निर्णय भएको छ ।
रथीमा बढुवा भएसँगै केसी २०८३ मंसिर १५ गतेसम्म सैनिक सेवामा रहनेछन् । त्यसपछि उनी रथीको ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकासमा जानेछन् ।


