Saturday, October 18, 2025

कुशुवाहा बने कार्तिक महिनाको‘उत्कृष्ट ट्राफिक प्रहरी :-

ताजा / भरखरै प्राप्त

अस्थायी ट्राफिक प्रहरी पोस्ट गोकर्णमा कार्यरत प्रहरी सहायक निरीक्षक रामनरेश कुशुवाहा कात्तिक महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् ।उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन, ट्राफिक नियमको पालना र सडक सुरक्षाको सुनिश्चिततामा उत्कृष्ट कार्य गरेको भन्दै उनलाई उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरिएको हो ।
उनलाई बिहीबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले सम्मानपत्र हस्तान्तरण गरे ।कुशुवाहाले विभागीय नीतिहरूको पूर्ण पालन गर्दै आफ्नो पदीय जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको बताइएको छ । साथै, संगठनको गरिमा उच्च राख्दै ट्राफिक व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।डीआईजी बोहराले कुशुवाहाको कार्यसम्पादनको प्रशंसा गर्दै, आगामी दिनहरूमा पनि अझ व्यवसायिक, कर्तव्यनिष्ठ, र उच्च मनोबलसहित कार्य गर्ने विश्वास गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles