भिश्वा स्थित सिक्टा खोला हुदै जनावरको हड्डीको तस्करी चलिरहेको छ । हड्डीको तस्करी ठूलो मात्रामा सशस्त्र प्रहरी बलको सेटिङमा चलिरहेको स्थानीयहरू बताउँछन् । हड्डीको यो तस्करी शशिकान्त महत्तोले गरिरहेका छन् ।
रांगा , भैंसी , गाई , गोरू लगायतका जनावरको हड्डी नेपालमा प्रति केजी ५० रूपैयाँमा पर्दछ भने भारतमा न्युनतम पनि २०० भारतीय रूपैयाँमा बिक्री हुने भएको कारण पनि नेपालबाट हड्ढी भारत तर्फ ठूलो मात्रामा तस्करी हुदै आइरहेको छ ।
सिक्टा खोलाबाट ठूलो मात्रामा हड्डीको तस्करी भैरहेको छ ।
राति ११ बजे देखि ३ बजेको बीचमा हड्डीको तस्करी ठूलो मात्रामा हुने गरेको छ ।
हड्डीको यो तस्करीमा सशस्त्र प्रहरी बलको भिश्वा स्थित बिओपीमा निरीक्षक मीन भट्टराई र नेपाल प्रहरीको स्थानीय भिश्वा चौकीका हवल्दार तथा घुमुवाको रूपमा परिचालित उपेन्द्र साहले गर्दै आइरहेका छन् ।
नेपाल प्रहरीको सई भर्खरै मात्रै परिवर्तन भएको र नयाँ आएका सईले केही नबुझेको तथा थाहा नपाएको अवस्थामा यो साता मात्रै ठूलो ट्रकको
दुई ट्रक हड्डी भारत तस्करी भएको बुझिएको छ ।
हड्डीको यो तस्करीमा इलाका प्रहरी कार्यालय पोखरियाका घुमुवा हवल्दार श्रीलाल महत्तो पनि संरक्षण गर्दै आएको
थाहा भएको छ ।
अझ भिश्वामा सशस्त्र प्रहरी कतिसम्म बदनाम भएको छन् भने , काजु, किराना र कुखुराको मासुको पसल गर्नेहरूबाट समेत खुलेयाम रकम असुली गरिरहेका छन् ।
भिश्वामा कजु, जाकेट, किराना र कुखुराको मासु भारतबाट आउने गर्छ । हरेक किराना र मासु पसलेसंग सशस्त्र प्रहरी बलका निरीक्षक स्वयंले पाँच हजारको दरले एक महिना चलाउन दिने भनेर रकम लिएको र रकम लिई सकेपछि एक हप्तामा नै काम रोकिदिएको पसलेहरूले यस सम्बाददातालाई गुनासो पोखेका छन् ।
यहाँ त्यसरी भारतबाट किरानाको काम गर्नेहरूमा हरेराम बन्जारी , चन्दन पोखरिया , रामाधार पोखरिया , रन्जित लंगडी लगायतका छन भने कुखुराको मासुको काम गर्नेहरूमा जयमधेश मियाँ , मुम्मताज मियाँ , जाकिर मियाँ , मुनागफार मियाँ लगायतका छन् ।
महिना दिनको रकम
लिएर एक हप्तामा नै लाइन बन्द गरेको भन्दै यी व्यवसायीहरू बिऔपी निरीक्षक मीन भट्टराईसंग रुष्ट मात्रै भएका छैनन् कि बजारमा आए बिरोध गर्ने पनि भनेका छन् ।
यस बिषयमा सशस्त्रका निरीक्षक भट्टराईसंग बारम्बार या संवाददाता मुर्तुजा मियाँ तेलीले फोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । फोन उठाएनन् ।