नेपाल प्रहरीको एसएसपी वढुवामा अत्याधिक राजनीतिकरण भएको देखिएको छ ।
रिक्त रहेका २५ पदमा बढुवाका लागि ६० भन्दा धेरै एसपीहरु प्रतिस्पर्धामा छन्।
प्रतिस्पर्धामा रहेका केही जुनियर तथा शक्तिशाली एसपीहरुका कारण बढुवा रोकिएको बताइन्छ ।
यो बरियतामा जुनियर प्रहरी रहेको र बदनामहरु बढुवामा शक्तिकेन्द्र धाएपछि सहमति हुन नसकेको बुझिएको छ ।
केही एसपीहरु आर्थिक चलखेलकै आधारमा नै बढुवा हुने दाउमा लागि परेका छन् ।
नेपाल प्रहरीमा गत असारदेखि नै एसएसपीका पद त छन् ,तर एसएसपीमा बढुवा
भने हुन सकेको छैनन् ।
आर्थिक तथा शक्तिकेन्द्र राजनीतिकारण अस्वस्था चलखेल बढेको छ भने तल्लो तहको बढुवा समेत रोकिएका छन् ।
बढुवाका लागि राजनीति शक्तिकेन्द्र धाउनेलाई प्रहरी महानिरीक्षक कुँवरले कारबाही गर्ने चेतावनी दिएपनि उनी यतीबेला निरिह बन्दा यस्तो अवस्था आएको कतिपय प्रहरी अधिकारीहरूको
टिप्पणी रहेको छ ।