सडकमा प्रहरीले चेकिङ गर्दा सर्वसाधारणले आफ्ना मान्छेलाई फोन गरेको आरोपमा कुटपिट गर्ने प्रहरी कर्मचारीमाथि छानबिन सुरु भएको छ ।
दुई पाङ्ग्रे सवारी रोकेर चेकजाँच गर्दा चालकले आफनो मान्छेलाई फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको,
भन्दै निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि छानबिन सुरु भएको हो ।
सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्नेले यो घटना चितवनको हो भनेका छन् ।