चितवन जिल्लाको बाटोमा चेकिङ गर्दै प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको घटनालाई छानबिन गर्न समिति गठन भएको थियो ।
चितवनको सडकमा प्रहरीले चेकिङ गर्दा सर्वसाधारणले आफ्ना मान्छेलाई फोन गरेको आरोपमा कुटपिट गर्ने प्रहरी कर्मचारीमाथि छानबिन गरि निलम्बनको तयारी भएको प्रहरीले बताएका छन् ।
दुई पाङ्ग्रे सवारी रोकेर चेकजाँच गर्दा चालकले फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको कलाई फोन गरेको भन्दै निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल थियो ।
सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्नेले सो घटना चितवनको हो भनेका छन् ।
सो घटनाबारे छानबिन थालिएको चितवनका एसपी गौतम मिश्रले बताए छन् ।
छानबिनका लागि डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा समिति गठन गरिएको छ ।
कुटपिट गर्ने प्रहरीलाई निलम्बनको तयारी भईरहेको बुझिएको छ ।