Wednesday, March 12, 2025

पर्साका सिमानामा पीलरको रंग रोगन सुरु:-

ताजा / भरखरै प्राप्त

नेपाल भारत सिमानामामा रहेको सिमाना पीलरको मर्मत तथा रंगरोगन कार्य सुरु भएको छ ।

पर्सा जिल्लाका वीरगंज महानगरपालिका वडा नम्बर १६ ईनर्वाको सिमानामा भारत रक्साैलको पन्टोका सुन्दरपुरमा रहेको सानो सीमा स्तम्भ नम्बर ३९१-६ /को मर्मत तथा रंगरोगन कार्य सुरु गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको तथा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गणका गणपति सशस्त्र प्रहरीका एसपी राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक दिलिप कुमार सिंह,र नापी साखाका प्रतिनिधि कपिल कटुवाल, तथा जिल्ला प्रहरी कार्यालय, पर्साका (डीएसपी)सुवास भट्ट
लगायत सशस्त्र प्रहरी बल गुल्म, पर्साका गुल्मपति स.प्र.ना.उ. लोकेन्द्र सुब्बा, ईनर्वा प्रहरी चाैकिका बरिस्ठ सई. योगेन्द्र थापाको सहभागीता रहेको
थियो।

भारततर्फबाट भारतिय प्रतिनिधीहरूका सहितको टोली सहभागिता रहेको थियो

यस कार्यक्रममा सानो सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्य विधिवत रुपमा सुरु गरिएको हो सशस्त्र सशस्त्र प्रहरीले जनाएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles