बारा जिल्लाका अमलेखगञज प्रहरीले विशेष सूचनाको आधारमा मोटरसाइकल तथा लागू औषधसहित एक जना मानिसलाई पक्राउ गरेको छन् ।
जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेको
इलाका प्रहरी कार्यालय अमलेखगञजका प्रहरी बरिस्ठ सइ. टेक बहादुर कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले हेटौडाबाट वीरगञ्जतर्फ आउँदै गरेको बा ३६ प २७ १४ नम्बरको १५० सिसीका पल्सर मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमुनी लुकाइ छिपाई राखिएको लागू औषध अफिम प्रहरीले फेला पारेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको , कैलाश गाउँपालिका–६, का २५ वर्षीय भुवन सिंह थिङ रहेको प्रहरीले बताउँछन् ।
बाराका प्रहरीले उनको साथबाट ५ किलो अफिम जस्तो देखिने पदार्थ बरामद
गरेको हो,
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिएका छन् ।