जिल्ला प्रहरी कार्यालय रौतहटको मातहतमा रहेको इलाका प्रहरी कार्यालय राजपुरबाट गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं. ६ जयनगरको सिमानाका क्षेत्रमा नेपालबाट अबैध रुपमा चोरी निकासी गरी भारत तर्फ लग्दै गरेको अवस्थामा रक्सी पक्राउ गरेको छ । सो-सामानहरु मूल्य रु. (एक लाख) रुपैया बरावरको रहेको र BR05D4331 BR05AC3311 नम्बरको मोटरसाईकल थान-२ पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण भसेडवा वडा नम्बर १९ बस्ने दरेश यादवको छोरा अन्दाजी बर्ष २० को संतोष यादव समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।