नयाँ आईजीपी नियुक्तिको लागि बैठक बोलाएको जानकारी प्राप्पत
भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको छ ।
बैठकले नयाँ आईजीपी नियुक्ति गर्ने सम्भावना रहेको बताएको छ । एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्येबाट नयाँ प्रहरी महानिरीक्षक चुनिने छन् ।
जसमा थापा नयाँ आईजीपी बन्ने लगभग सहमति भइसकेको स्रोतले बताउँ छन् ।
नेपाल प्रहरीको प्रमुख नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाशमा जादै छन् ।