बाराकाे मटिअर्वा नाकाबाट बिहानैदेखि तस्करी भई रहेको स्तनिय स्थानीयहरुले बताउँछन् । यो नाकाबाट साइकल र मोटरसाइकलको माध्यमबाट तस्करी भएका छन् । बिरेन्द्र महतो नुनिया, अनरुद साह तेली, राजेश केसरी,कपडा तस्कर अमृता केशरी,ममताज मियाँ, सुरेन्द्र साह, लगायतले दिनहुँ दसौं लाख को राजेस्वछलि गरेको पाइयोको छ,तस्करीको सेटिगङ मिलाइदिने, प्रहरी जवान राम पटेल रहेको छ । माेटरसाइकलमा तस्करहरूले काजु , चिनी,मैदा मरेका माछा, कपडा लगायतका सामानहरुको तस्करी भएका छन् । बिहानैदेखि साझसम्म कवहीगोठको
नाकाबाट खुलेयाम तस्करी भएका छन् ।
जबकि राज्यले सीमा सुरक्षा र चाेरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीलाई मुख्य जिम्मेवारी दिएको छ । तर पनि बाराको विभिन्न नाकाहरुबाट तस्करी नियन्त्रणमा आएको छैन । तस्करी धन्दाकाे बारेमा सशस्त्र प्रहरी बलको कबही गाेठका सशस्त्र प्रहरी निरीक्षक श्याम बाबु यादवलाई जानकारी दिए पनि तस्करी नियन्त्रणमा आएको छैन । उक्त नाकाबाट भारतीय मरेको माछा, फुल, कपडाको समेत व्यापक रूपमा तस्करी भएर नेपालमा भित्रिरहेकाे स्थानीयहरुको भनाई रहेको छ ।