अधिकृत सिंहका साथै लेखा अधिकृत मुकेशप्रसाद साह र नेपाल मिडिया हाउस प्रालिका प्रबन्ध निर्देशक नवराज निरौलाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनका अनुसार आयोगले नेपाल मिडिया हाउसलाई पनि प्रतिवादी बनाएको छ ।
गाउँपालिकाको विद्युत् पोल गाड्ने तथा तार तान्ने कार्य (एच्ः÷०४÷०७९÷८०) को खरिद प्रक्रिया गोप्य राखेको भन्ने उजुरी आयोगमा परेको थियो ।अनुसन्धानका क्रममा विद्युत् पोल गाड्ने ठेक्कासम्बन्धी सूचना दैनिक पत्रिकामा सार्वजनिक नगरी झुटा विवरणसहित अभिलेख राखिएको पाइएको थियो ।प्रमुख प्रशासकीय अधिकृत सिंह र लेखा अधिकृत साहले नेपाल मिडिया हाउसका निर्देशकसँग मिलेमतो गरी १ लाख ४२ हजार १६० रुपैयाँ भुक्तानी गरेका आयोगको दाबी छ । उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना मागसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
साक्षीविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।ओमप्रकाश गुप्ता भन्ने ओमप्रकाश तेलीसमेत प्रतिवादी रहेको किर्ते गरी भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका उनीहरूले प्रतिकूल बकपत्र परेको आरोपमा शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ बस्ने रामकिशुन कुर्मी, अनन्त बढै, चन्द्रीका चमार, लोरिक अहिर र श्रीभदै केवटविरुद्ध मुद्दा दायर गरिएको छ । आयोगले उनीहरूलाई मुख्य कसुरदारलाई हुने सजाय सरह नै सजायको मागदाबी गरेको छ ।
सर्वोच्चमा पुनरावेदनअख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय इनरुवा सुनसरीमा कार्यरत सहायक प्रबन्धक तारणीप्रसाद खतिवडाका हकमा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।चपडाह निम्न माध्यमिक विद्यालयको नाममा रहेको खाताको रकम झिक्ने प्रयोजनका साथ खतिवडाले खातावालाको नाम परिवर्तन गरी लेटरप्याड तथा छाप दस्तखत गरी किर्ते दस्तखत गरी रु पाँच लाख ६० हजार रकम हिनामिना गरेको आयोगको दाबी थियो ।सो मुद्दामा विशेष अदालतले यही २०८१ वैशाख २४ गते फैसला गर्दै आंशिक सफाइ दिएको थियो ।उक्त फैसला कानून सम्मत नभएको दाबी गर्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् । नव जनप्रहार: सभार ।


