Thursday, October 9, 2025

झुटो जाहेरी दिएको आरोपमा रौतहटमा एक जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

झुटो जाहेरी दिएर अर्कालाई फसाउन खोजेको आरोपमा रौतहटबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअर्वा स्थित कटहरिया बस्ने ४१ वर्षीया प्रमिला देवी सहनीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनले अर्काको उक्साहटमा झुटो जाहेरी दिएको फेला परेपछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको रौतहटका एसपी नेत्रमणी गिरीले बताए ।
छिमेकीलाई फसाउन सहनीले आफ्नै छोरीलाई प्रयोग गरेर शरीर बन्धक, चेलिबेटी बेचबिखन तथा अपहरणको जाहेरी दिएकी थिइन् । यस्ता झुटा जाहेरी दिनेहरू विरुद्ध कारबाही गरिने एसपी गिरीले बताए । उनी भन्छन्, ‘झुटा र कृत्रिम उजुरी दिनेहरू विरुद्ध हामी एक्सन लिन्छौँ ।’
प्रमिला सहनी र जनक सहनीले छिकेकी सुनिता देवी सहनीको घरमा गएर कुटपिट गरेका थिए । इलाका प्रहरी कार्यालय गरुडामा छलफल हुँदा ४ हजार औषधी उपचार खर्च दिनेगरी उनीहरूले मिलापत्र गरे । तर, कुटपिट गर्नेले पीडितलाई रकम दिएनन् ।त्यसपछि प्रमिलाले हुँदै नभएको घटनालाई कृत्रिम जाहेरी बनाएर फसाउन खोजेको आरोप छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles