दुई दिने नेपाल भ्रमण सकाएर भारतीय विदेश विक्रम मिस्री स्वदेश फर्किएका छन् ।
हिजो आइतबार चार सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं ओर्लिएका विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेका थिए ।
त्यस्तै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरेका थिए।
विदेश सचिव मिस्रीले भारत सरकारका तर्फबाट शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी लाभका विविध क्षेत्रका सहकार्य र तिनमा भएको प्रगतिबारे जानकारी गराएका हो।
त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट विदेश सचिवले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पनि हस्तान्तरण गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई दुवै पक्षलाई अनुकूल हुने मितिमा भारतको भ्रमण गर्न जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।


