पर्सा जिल्लाको वीरगञ्जमा सुरक्षा व्यवस्था फितलो भएपछि मुख्य नाकाहरुबाटै नै खुलेआम तस्करीका सामान भित्रिने क्रम तीव्र बन्दै गएका छन् । सीमावर्ती क्षेत्रमा आवश्यक निगरानी तथा नियन्त्रणको अभावले गर्दा दैनिक रूपमा ठूलो मात्रामा अवैध सामान भित्रिने गरेको पर्साका स्थानीयवासीहरूले बताएका छन् ।
अलै,सिरिसीया, आईसिपी, ईनारवाबाट दैनिक तसकरी हुदै गएको छ । तस्करहरु सँग सेटिङ मिला पछि नियन्त्रण गर्नुपर्नेको साटो सुरक्षाकर्मीहरु तस्करहरुलाई सहयोगमा निगरानी बढाका छन् ।
सुरक्षा निकायहरूको उदासीनता र प्रभावकारी कारबाहीको कमीका कारण तस्करी रोकथाममा चुनौती बढ्दै गएको देखिन्छ । यसले मात्रिक राजस्व नोक्सानी गर्नुका साथ साथै बजारमा अनियन्त्रित प्रतिस्पर्धा र अपराध गतिविधि वृद्धि हुने खतरा बढाएको सरोकारवालाहरूको भनाइ रहेको छ ।
पर्साका बिरगंज आइसिपीबाट लाखौं लाखको राजस्व छलेर एजेन्टद्वारा दैनिक हुन्छन् , तस्करी: ई. कसको जिम्मेवारी कसले हेर्ने हो त ?
आइसिपी मा माफिया एजेन्ट हरुको चर्तीकला पर्दाफास हुँदै आएका छन्। ई. एजेन्टहरुले जाचकी हरुलाई आर्थिक प्रलोभन मा पारी अहिले आइसिपी मा गैर कानुनी काम पनि भैरहेको स्रोतले बताएको छ ।


