Monday, February 2, 2026

सशस्त्र प्रहरी पर्साले सराहनीय काम गरेको प्रसंशा पत्र:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी पर्साका “इमानदारीको परिचय” : डिएसपी लोकेन्द्र सुब्बा,‘इन्ग्रिटी अवार्ड’द्वारा सम्मानित भएका छन् । पर्सा जिल्लाका
वीरगंजको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक (डिएसपी) लोकेन्द्र सुब्बा साधारण नाम मात्र होइनन्, यो नामसँग अब “इमानदारी,को निष्ठा र उदाहरणीय नेतृत्व”मा जोडिएका छन् ।
सात महिनाको छोटो कार्यकालमै उनले तस्करी नियन्त्रण, सीमा सुरक्षा र जनसुरक्षामा देखाएको दृढ नेतृत्वले न केवल संगठनलाई गर्वित बनाएको छ, पर्साका नागरिक समाजलाई पनि भरोसा दिलाएर गरेको छ ।
यही योगदानको उच्च मूल्याङ्कन गर्दै बिरगंज उद्योग वाणिज्य संघले उनलाई Best Integrity Award–२०८२ बाट सम्मानित गरेको छ ।

सात महिनामाको अवधिमा डिएसपी लोकेन्द्रले ८ करोड बराबरका तस्करीका अवैध सामानहरु बरामद गरेर पर्साका बिरगंज भन्समा बुझाएका छन् ।

गुल्मपति रहँदा उनले सीमा क्षेत्रमा कडाइ बढाउँदै, तस्करी नियन्त्रणलाई आफ्नो पहिलो प्राथमिकता बनाए थिए । नतिजा — ८ करोड रुपैयाँ बराबरका अवैध सामान बरामद भई भन्सार बुझाइयो। यो उपलब्धिले सुरक्षा निकायप्रतिको नागरिक विश्वासलाई अझ प्रगाढ बनाएको छ ।
स्थानीय व्यापारीदेखि सर्वसाधारणसम्मले उनको निष्ठावान र पारदर्शी कार्यशैलीलाई “सकारात्मक परिवर्तन” को रूपमा अनुभव गरेको बताइन्छ ।

यो कार्य सम्पूर्ण सशस्त्र प्रहरी संगठनकै सम्मानको कुरो हो”
कार्यक्रममा सशस्त्र प्रहरी बल, मधेस प्रदेशका डिआइजी कृष्ण ढकालले भावनात्मक भनाइ राख्दै वहाँ ले भने,
“डिएसपी सुब्बाले पाएको सम्मान व्यक्तिगत मात्र होइन, सम्पूर्ण सशस्त्र प्रहरी बल नेपालकै गौरव कुरा हो । उहाँले देखाउनुभएको मर्यादित, अनुशासित र मुस्कानसहितको सेवा सम्पूर्ण सुरक्षाकर्मीका लागि प्रेरणाको श्रोत बनेको छ ।

उनको भनाइले स्पष्ट गर्छ, कि सुब्बाको इमानदार नेतृत्वले संगठनलाई नयाँ ढंगले परिभाषित गरेको देखिएको छ।
सुब्बा ज्यूबाट हामीसबैले सिक्नुपर्छ”

उद्योग वाणिज्य संघ, पर्साका अध्यक्ष हरि गोतमले भने,
“सुब्बा ज्यूले गुल्मपति हुँदा प्रस्तुत गरेको निष्ठा र पारदर्शिता सशस्त्र प्रहरीकै पहिचान बनेको बताएका छन् । नागरिकमैत्री, मुस्कानसहितको अनुशासन र सेवाभाव प्रस्तुत गर्नुभयो, जुन सम्पूर्ण संगठनले सिक्नुपर्ने रहेको छ।

इमानदारी र मुस्कानसहितको सेवा
डिएसपी सुब्बाको विशेषता केवल परिणाममूलक नेतृत्वमा मात्र सीमित छैन। सहकर्मीहरू भन्छन् — “उहाँले अनुशासनमा कुनै सम्झौता गर्नुभयो तर त्यहीसँगै प्रत्येक सुरक्षाकर्मीलाई प्रेरणा दिने मुस्कान कहिल्यै हराएन।”

उनको यही विशेषताले सुरक्षाकर्मी र नागरिकबीच सहज संवादको वातावरण निर्माण गरेको छ ।

डिएसपी सुब्बाले प्राप्त गरेको Integrity Award ले एउटा कुरा प्रष्ट बनाएको छ, इमानदारिता, निष्ठा र जिम्मेवारीपूर्वक नेतृत्व गर्ने हो भने छोटो कार्यकालमै पनि ठूलो उदाहरण स्थापित गर्न सकिन्छ।
यो सम्मान व्यक्तिगत मात्र होइन, सम्पूर्ण संगठनको मनोबल उच्च बनाउने ऐतिहासिक क्षण बनेको बताइएको छ।
डिएसपी लोकेन्द्र सुब्बा केवल एक सुरक्षाकर्मी मात्र होइनन्, उहाँ अब इमानदारीको परिचय बनेका छन् । उहाँले देखाएको मार्ग सशस्त्र प्रहरी बल नेपालका लागि मात्र होइन, सम्पूर्ण सुरक्षासंस्कृतिका लागि प्रेरणादायी रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles