जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री फेर्ने भएकाे छ। जसपाले प्रदीप यादव र नवलकिशाेर साह सुडीलाई फिर्ता बोलाएर डा. वीरेन्द्र महतो र रञ्जुकुमारी झालाई मन्त्री बनाउने भएको हो।जसपाका उपाध्यक्ष परशुराम बस्नेतले मन्त्री फेर्ने निर्णय अनुसार महतो र झाको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइसकेको बताए।
‘सरकारमा सहभागी हुँँदा नै प्रदीप यादव र नवलकिशाेर साह सुडीलाई एक वर्षका लागि भनेर पठाइएकाे थियाे । अहिले साेही निर्णय कार्यान्वयन गर्ने निर्णय अनुसार वीरेन्द्र महतो र रञ्जुकुमारी झाको नाम प्रधानमन्त्रीलाई दिइएको हो,’ उनले भने।अहिले यादव खानेपानी र सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छन्। यादवको ठाउँमा महतो र सुडीको ठाउँमा झालाई मन्त्री बनाउने नाम बुझाएको बस्नेतले बताएका छन् ।
नव जनप्रहाबाट ।