Sunday, September 14, 2025

तीजमा पर्वमा पशुपति क्षेत्रमा सात सय सशस्त्र प्रहरी परिचालन:-

ताजा / भरखरै प्राप्त

तीजको अवसरमा मंगलबार पशुपतिनाथ मन्दिरमा लाग्ने ठूलो मेलालाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले करिब सात सय जनशक्ति परिचालन गर्ने भएको छ । सुरक्षासँगै स्वास्थ्य सेवा पनि सहज उपलब्ध गराइने सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणका गणपति, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा मंगलबार राति २ बजेदेखि ड्यूटी सुरु हुने भएको छ ।
दर्शनार्थीको सहजता र सुरक्षालाई प्राथमिकतामा राख्दै करिब १५० जना महिला प्रहरीसहित आवश्यक जनशक्ति खटाइनेछ ।मेलाको सम्पूर्ण कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयले गर्नेछ भने पशुपति परिसरमा सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा कमाण्ड पोस्ट स्थापना गरिएको छ ।
उपत्यकाका विभिन्न कार्यालयहरूबाट एकै सिफ्टमा तीन सयभन्दा बढी सशस्त्र प्रहरी खटाइने व्यवस्था गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।दर्शनार्थीलाई सहज बनाउन नेपाल एपीएफ अस्पतालका महिला चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले मेला अवधिभर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेछ ।त्यस्तै, सिनामंगलस्थित नं. २० विपद् उद्धार गणको गोताखोर र विपद् उद्धार टोली राम मन्दिर नजिकै बागमती नदी किनारमा आवश्यक सामग्रीसहित वाटर रेस्क्यु सेवामा खटिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles