





रौतहट जिल्लाको सदरमुकाम मा सुटकेशभित्र शव फेला परेकी रुबी कुमारी साहको हत्याका मुख्य अभियुक्त लक्ष्मण पासवानको मृत्यु भएको जनाइएको छ । राैतहट जिल्लाको माधवनातायण नगरपालिका वडा नम्बर ६ माधोपुरकी ३० वर्षकी रुबीकुमारी साहको हत्याका आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको मृत्यु भएको छ ।
हत्या स्वीकार गर्दै आज बुधबार बिहान आफैले आफनो जीवमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका उनको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बुधबार साँझ साढे ५ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय राैतहटले पुष्टि गरेको छ ।
राैतहट प्रहरीका अनुसार लक्ष्मण पासवानले आत्महत्याको प्रयास गर्दै आफनो सरीरमा आगो लगाएको थियो ।