बलात्कारको आरोप लागेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षमा थुनामा रहने भएका छन् ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएको हो ।
गत साउन १४ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । राजेश अहिले डिल्लीबजार कारागारमा छन्” युवती बलात्कारको आरोपमा उनी पक्राउ परेका थिए ।
काठमाडौंमा घरायसी कामको सहयोगीका रूपमा ल्याएर पठनपाठनको जिम्मा लिएका अहिराजले बलात्कार गरेको जाहेरी दिएकी थिइन् ।काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले २०८१ जेठ ४ मा बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दायर भएको थियो ।
एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको मुद्दामा उल्लेख रहेको छ ।