

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले चितवनका एसपी गोविन्द पुरी र बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनमा एसपी नरेशराज सुवेदीलाई मुग्लिनमा सम्मान गरेका छन् । ट्राफिक प्रहरी कार्यालय मुग्लिनको नवनिर्मित कार्यालय भवनको उद्धघाटन अवसर पारि यहाँ शान्ति सुरक्षा र अमनचयन र उत्कृष्ट कार्य गरेको चितवनमा ट्राफिक व्यवस्थापनमा गरेको भस्मिकाको उच्च मुल्याक।लन गर्दै सम्मानपत्रसहित सम्मानित गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन प्रहरी निरीक्षक गायत्री शर्माको झण्डै २ मिनेट बढी प्रशंसा गरेका थिए । सो अवसरमा उनले स्थानीयको सक्रियतामा ट्राफिक कार्यालय भवन बनेको खुसी व्यक्र गर्दै आफ्नो कार्यकालमा ट्राफिक प्रहरीको भवन बनाईदिने प्रतिवद्धता जनाएका थिए ।
उक्त कार्यालय निर्माणको लागि इच्छाकामना गाउँपालिकाबाट २९ लाख र अन्य विभिन्न ब्यक्तिबाट सहयोग ८ लाख गरी ३७ लाखमा भवन निर्माण सम्पन्न भएर मुख्यमन्त्री इन्द्र बानियाँज्यूले समुद्घाटन गर्नु भएको छ ।