Monday, September 15, 2025

जेनजी प्रदर्शन : ट्रमामा मृत्यु भएका तीन जनाको सनाखत नामावली:-

ताजा / भरखरै प्राप्त

काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएका ३ जना मृतकहरूको सनाखत भएको छ । ट्रमा अस्पतालको स्रोतका अनुसार, अहिलेसम्म ट्रमा सेन्टरमा मात्रै ९ जनाको मृत्यु भइसकेको बताएको छ । जसमध्ये ३ जनाको नाम प्राप्त गरेको छ,
मृत्यु हुनेहरूमा ग्लोबल कलेजमा अध्ययनरत श्रीराम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभ राज श्रेष्ठ र कीर्तिपुर बस्ने ४२ वर्षीय बुद्धि बहादुर तामाङ रहेका छन् ।
अन्य ५ जनाको भने सनाखत हुन बाँकी भएको ट्रमा सेन्टरका एक चिकित्सले बताएका छन् ।उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १८ पुगेको बताइएको छ ।सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
उता, पोखरा , नारायणगढ, विराटनगरमा पनि मृत्यु भएको स्रोतले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles