आर्मी हेडक्वाटर बाहिर युवाद्वारा नाराबाजी ।
काठमाडौं आर्मी हेडक्वाटर जंगी अड्डा बाहिर युवाहरु भेला भएका छन् । हर्क साङपाङ वा बालेन शाह लाई अन्तरिम सरकारका प्रमुख बनाउन माग, गरेका छन् ।
सुशील कार्की मान्य नहुने नारा लगाइरहेको स्रोतले जनाएको छ ।
जंगीअड्डामा भएको आगमी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै नारावाजी हुन थालेको छ । बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए । तर, बाहिर भेला भएर युवाहरुले त्यसविरुद्ध नाराबाजी गरिरहेका छन् ।