Tuesday, September 16, 2025

पेस्तोल र गोली सहित एक जना भारतिय नागरिक पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्साका वीरगंज महानगरपालिका-१६ बाट होममेड सिक्सर पेस्तोल १ थान, गोली ३ राउण्ड र खोका १ थान सहित भारत झारखण्ड पाकु ग्राम पंचायत मालपाहारी बस्ने २७ वर्षीय प्रदिप शर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित खाजा पसलमा प्रदिपले १८ वर्षीया किशोरीलाई गोली प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । साथै गोली प्रहारबाट घाइते भएकी किशोरीको एनएमसी अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पर्साका प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles