Sunday, September 14, 2025

अन्तरिम सरकारको प्रमुख सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त:-

ताजा / भरखरै प्राप्त

अन्तरिम सरकारको प्रमुख सुशीला कार्की प्रधानमन्त्रीको शपथ ग्रहणको तयारी हुदै ,यो देशले पायौं पहिलो महिला प्रधानमन्त्री,

एउटै पत्रमा संसद् विघटन र प्रधानमन्त्री नियुक्ति भएको बताइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । शपथ ग्रहणको तयारीअघि संसद् विघटन गरिएको बताइएको छ ।
जेन-जी समूहले आज बिहीबारदेखिको वार्तामा संसद् विघटन नभए सरकारको नेतृत्व लिन नसकिने अडान राखेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार दिनभर परामर्श गरेका थिए । दिनभरको परामर्शपछि राष्ट्रपति पौडेलले साँझदेखि कार्कीलाई वार्ताका लागि शीतल निवास बोलाएका थिए । उक्त वार्तामा ओमप्रकाश अर्याल र रमण कर्णसहित जेन-जी समूहबाट सुदन गुरुङ शीतल निवास पुगेका थिए । यस कदमसँगै सुशीला कार्कीले राष्ट्रपतिबाट प्रधानमन्त्रीको शपथ लिएर नयाँ सरकार गठन गर्ने तयारी अघि बढ्ने भएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles