Sunday, September 14, 2025

जेनजी आन्दोनमा मृत्युभएका सरकारद्वार सहिद परिवारलाई १० लाख दिने:-

ताजा / भरखरै प्राप्त

जेनजी आन्दोलनका क्रममा काठमाडौं लगायत देशभर भएको प्रदर्शनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरी प्रत्येकको परिवारलाई १०/१० लाख दिने निर्णय भएको बताइएको छ ।

आइतबार पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् ।

प्रदर्शन क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गरिने मुख्य सचिव एकनारायण अर्यालले पनि जानकारी दिएका छन् ।प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।

त्यसमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदी र ३ जना प्रहरी कर्मचारी रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles