


अमलेखगञज क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, तथा स्थानीयद्वारा मान्छे, मार्न सिपालु भएका बाघ समातिएको छ ।
बाघ समात्नको लागी हात्ती सहित पर्सा राष्ट्रिय निकुञ्ज,नेपाली सेना ,नेपाल प्रहरी र जीतपुरसिमरा उपमहानगर-२१ का वडाअध्यक्ष सुभाष श्रेष्ठ र २२ का वडाध्यक्ष शेखर काजी रुम्बा सहितको टोलीले लामो समय देखि निरन्तर प्रयाश गरेको थियो । तर पटक पटकको प्रयास विफल हुदैं आएको थियो ।अन्तत आज शुक्रबार बिहान उक्त बाघलाई नियन्त्रणमा लिन सफल भएको बाराका प्रहरीले बताएका छन् ।