Thursday, October 9, 2025

सिडियो गणेश र एसपी गोविन्द पुरीले फसेका यात्रुलाई सेवा गर्दै:-

ताजा / भरखरै प्राप्त

नारायणगढ-मुग्लिन सडकखण्डमा अलपत्र परेका यात्रु र गाडी चलकहरुलाई चितवनका सिडिओ,र एसपी आफै उपस्थिति भएर बाँडे खानेकुरा र पानी, पहिरोका कारण चितवन खण्डमा सडक अबरुद्ध हुँदा अलपत्र परेका यात्रुहरूलाई सहयोग गर्न चितवनका प्रमुख जिल्ला अधिकारी (सिडियो) गणेश अर्याल स्वयं खाजा र पानी लिएर घटनास्थलमै पुग्नुभएको छ।
सिडियो अर्यालसँगै प्रहरी उपरीक्षक गोविन्द पुरी,नेपाली सेनाका कर्णेल दिनेश राना, सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र न्यौपाने र ट्राफिक प्रहरी निरीक्षक गायत्रीराज शर्मा समेत घटनास्थलमा खटिएका छन् । सुरक्षाकर्मीहरू निरन्तर पहिरो प्रभावित क्षेत्रमा खटिएर यात्रुहरूको उद्धार र व्यवस्थापनमा जुटिरहेका छन्। सोही क्रममा मनकारी युवा व्यवसायी चन्दन अग्रवालले निःशुल्क खाजा र पानी उपलब्ध गराएर सुरक्षाकर्मीमार्फत यात्रुहरूलाई वितरण गरिएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles