
गोल्छा ग्रुपले ट्राफिक प्रहरी कार्यालयलाई २० वटा मोटरसाइकल सहयोग गरेको छ । भदौ २४ गतेको आनदोलनको क्रममा ट्राफिक प्रहरी कार्यालयका सवारी साधनमा समेत क्षति पुगेपछि, गोल्छा ग्रुपले सहयोग गरेको बताएको छ । मंगलबार एक कार्यक्रमबीच गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले ट्राफिक प्रहरीलाई बजाज कम्पनीको पल्सर मोटरसाइकल हस्तान्तरण गरेका छन् ।


