चितवन, जिल्लाको नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोको समाचार संकलन गरेर फर्किँदै गर्दा मंगलबार साँझ ६ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा चितवनका दुई जना पत्रकार घाइते भएका छन् । घाइते हुनेमा नेपाल टेलिभिजनका चितवन संवाददाता अनिल ढकाल र पत्रकार महासंघ चितवनका सदस्य सुदन पौडेल रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । ढकालको अवस्था गम्भीर रहेकाे बताइएको छ, उनलाई भेन्टिलेटरमा राखेर चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ, भने सुदन पौडेलको अवस्था सामान्य रहेको बताइन्छ ।