Thursday, October 9, 2025

पर्साका छिपहरमाई-पाँचमा चल्यो गोली:-

ताजा / भरखरै प्राप्त

पर्साका छिपहरमाई-पाँचमा गाेली चल्दा एक किशाेर घाइते भएका छन् ।
घाइते हुनेमा पर्साकाा छिपहरमाई गाँउपालिका वडा नम्बर ५ भिस्वाका अन्दाजी १६ वर्षीय गाेलु आलम धुनिया रहेको जनाइएको छ ।
तिघ्रामा गाेली लागेर घाइते भएका उनकाे अहिले पर्साका वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार,छिपहरमाई नगरपालिका वडा नम्बर ५ भिस्वा बजारस्थित गाँउपालिका कार्यालय पछाडिको सडकमा आज बिहीबार साँझ दुई समुहबीचकाे झगडका क्रममा चलाइएकाे गाेली लागेर आलम घाइते भएका छन् । आलमलाई कसले र किन गोली हानेकाे भन्ने बारेमा अहिलेसम्म खुल्न नसकेकाे र घटनाकाे विस्तृत विवरण आउन भने बाँकी रहेको छ ।

गाेली लागेर अन्दाजी १६ वर्षका गाेलु आलम घाइते भएको र उनकाे अहिले नारायणी अस्पतालमा उपचार भइरहेक पर्साका प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles