Thursday, October 9, 2025

शेरबहादुर देउवाका सासुससुरा बस्ने घरमा पनि सीआईबीको छापा:-

ताजा / भरखरै प्राप्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सासुससुरा बस्ने घरमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ ।आइतबार साला भूषण राणा र उनका बुवाआमा बस्ने जावलाखेलका छुट्टाछुट्टै दुई घरमा सीआईबीले छापा मारेको हो । भूषण देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाकी भाइ हुन् ।
छापा मार्ने क्रममा भूषण भने घरमा थिएनन् । बुवाआमा भने घरमै थिए ।ललितपुर महानगरपालिका–४ मा पर्ने उनीहरूको घरमा प्रहरीले छुट्टाछुट्टै छापा मारेको हो ।सीआईबीका अधिकृतहरूले बताए अनुसार, शंकास्पद नगद वा अन्य केही कागजात रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
तर, खनतलासीका क्रममा प्रहरीले कुनै पनि शंकास्पद वस्तु फेला पार्न सकेन ।‘भूषण राणा घरमा हुनुहुँदैन थियो । उहाँको बुवाआमा बस्ने घरमा पनि केही भेटिएन्,’ सीआईबीका एक प्रहरी अधिकारीले भने ।सीआईबीले वडाध्यक्षसहितको रोहवरमा मुचुल्का समेत उठाएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles