Thursday, October 9, 2025

BEST TRAFFIC POLICE OF THE MONTH :-

ताजा / भरखरै प्राप्त

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीको कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मी राज जोशीले विभागिय मुल्य मान्यता, आदेश निर्देशन बमोजिम ईमान्दार, बफादार, कर्तव्यनिष्ठ, अनुशासित, लगनशिल भई जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरी तथा मातहत समेतमा Gen-Z आन्दोलनको क्रममा कार्यालयको भौतिक संरचना, सवारी साधन, प्रहरी कर्मचारीहरुलाई सुरक्षित जोगाउनुको साथै मातहत प्रहरी कर्मचारीहरुलाई आन्दोलन अवधि भर प्रभावकारी रुपमा परिचालन गरी हुन सक्ने सम्भावित क्षति हुन नदिन उल्लेखनिय भूमिका निर्वाह गरेकाले उहाँको उक्त कार्यको उच्च मुल्याङ्कन गर्दै निज प्रहरी कर्मचारीलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गई कार्य सम्पादनमा अझ बढी प्रभावकारिता आउने हुँदा प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को उपनियम (ख) ले दिएको अधिकार प्रयोग गरि निजलाई प्रोत्साहन स्वरूप अभिलेखमा जनिने गरि रु १,३००।- (अक्षरेपी तेह्र सय रुपैयाँ मात्र) नगद पुरस्कार सहित यस नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले भदौ महिनाको “BEST TRAFFIC POLICE OF THE MONTH” को अवार्डद्वारा सम्मानित गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles