
झापामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको जनाएका छन् । आज बिहान ११ः०० बजे वर्षासँगै परेको चट्याङ लाग्दा महिला घाइते भएका थिए। मुसहर बस्ती निवासी उनी खेतमा बाख्रा लिन गएको बेला उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । घाइते ऋषिदेवलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा उहाँको बाटोमा नै मृत्यु भएको जनाइएको छ ।