













सशस्त्र प्रहरी बल,नेपाल पर्साले बिरगंजका कारागार पछाडि पानीका कारण ढुबानमा परेका स्थानियहरु लगायत पशु चौपाय सकुसल उद्दार गरेको छ ।
मिति २०८२।०६।१८ गते सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा पर्सा मातहतमा रहेको कारागार सुरक्षा बेश बीरगंजको सहकार्य तथा सहयोगमा जिल्ला पर्सा बिरगंज महानगरपालिका – ५ स्थित रहेको कारागार कार्यालय बीरगंज पर्साको बन्दि सुधार गृहमा अविरल परेको पानिको कारण पानि जम्मा भई बातावरण असहज भएको कारण मोटर लगाएर पानि फालि सहज बनाएको ।
मिति २०८२/०६/१९ गते सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा पर्साबाट खटिएको उद्वारक टोलिले जिल्ला रौतहट बिन्दावन गा.पा वडा न ८ घर भइ हाल पर्सा बि.म.न.पा वडा न १६ भुटनदेवि मन्दिर नजिक बस्ने दिपक श्रीवास्तबको नयाँ घरको वरिपरि अविरल बर्षाको कारण ढल तथा रोडको पानी अ.७/८ फिट जमी घर भित्र जान सक्ने र घर भासिने, भत्किने सम्भावना भएकाले ४ जना परिवारलाइ सकुशल उद्दार गरेको छ, र ऐ.ऐ.बस्ने छिमेकी शंकर आचार्यको घरमा,जि.पर्सा बिरगंज म.न.पा.१३ राधेमाई बस्ने अ.बर्ष ४५/५०को रिज्वान खातुनलाई ज्वरो आई बिरामि भएको र अबिरल बर्षाको कारण डुवानमा परि असपताल जान नसकेको र उक्त स्थानमा नं.१३ गणबाट स.प्र.नि. जितेन्द्र कुमार साहको कमाण्डमा खटिएको १६ जनाको उद्वारक टोलिले उद्दार गरि अस्पताल , जि.पर्सा बिरगंज म.न.पा.११ बिद्यापति नगर बस्ने ७ जनाको परिवरलाई सुक्षित स्थानमा स्थानानतरण गरेको जनाएको छ,साथै मिति २०८२।०६।१८ गते सशस्त्र प्रहरी बल,नेपाल सुरक्षा बेश पोखरीयाबाट खटिएको उद्वारक टोलिले जिल्ला पर्सा पोखरिया न.पा-२ लमरिया स्थित अबिरल परेको पानिको कारण पानि निकास हुन नसकेको हुँदा अन्दाजि १०/१२ घर डुकानमा परेका लाई १५/२० जना ब्यक्तिहरुलाई नजिकै रहेको आफन्तहरुको घरमा सुरक्षित साथ स्थानानतरण गरेको छ । त्यसै गरी मिति २०८२।०६।१८ गते देखि परेको अबिरल बर्षाको कारण सिर्सिया खोलामा(बाढी) पानीको बहाब बढेकाले ऐ.२४ रामगढवा स्थित बीरगंज गौशाला गाई फर्म भित्र अं.३ फिट पानी पसी डुबानमा परेकोले उक्त फर्ममा पानी भित्र फसेको १३२ वटा गाईहरुलाई नं.१३ गण हे.क्वा पर्साबाट खटिएको सप्रनि दिपेन्द्र प्रकाश मललको १७ जनाको उद्वारकटोलिले सकुसल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
साथै मिति २०८२|०६|१८ गते जिल्ला पर्सा बिन्दवासिनी गा.पा.२ गर्दौल स्थित बिरगंज पोखरिया सडक खण्डमा रूख ढलेर बाटो अवरूद्ध भएको र उक्त बाटो सुचारु गर्नको लागि सु.बेश बहुअर्वाभाठ्ठाबाट खटिएको टोलिले रुख पन्छ्याई बाटो सुचारु गराएको जनाएको छ ।
सशस्त्र प्रहरी पर्साका सुचना अधिकारी
सुरज कार्की
सशस्त्र प्रहरी नायव उपरिक्षक (डिएसपी)ले जानकारी दिएको हो ।