


पर्साका महानगर बीरगंज लगातारको अविरल वर्षाका कारण पर्सा जिल्लाको रानीघाट क्षेत्रमा बाढी गम्भीर अवस्था उत्पन्न भएको देखिन्छ । रानीघाट पुल डुबानको संघारमा पुगेको छ, भने आधा क्षेत्र जलमग्न बनेको बताइन्छ ।
घर, बस्ती, गोठ तथा पशुहरू पानीको डुबानमा परेका छन् , जसका कारण जनधनको क्षतिको उच्च जोखिम देखा परेको छ। बाढीले सडक तथा आवतजावत पूर्ण रूपमा अवरुद्ध गरेको छ।
यसबीच, उद्धार तथा राहत टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएका छन् र स्थानीय बासिन्दाहरुलाई सुरक्षाकर्मीहरुले सुरक्षित स्थानमा सार्ने कार्य निरन्तर रूपमा जारी रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रशासन पर्साका प्रमुखले नागरिकहरूलाई सावधानी अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।