Thursday, October 9, 2025

नेपाल प्रहरीद्वारा देशैभर एकैसाथ‘विशेष अपरेसन सञ्चालन’गर्ने:-

ताजा / भरखरै प्राप्त

जेनजी आन्दोलनका क्रममा कारागार थुनाबट फरार रहेका कैदी र हराएका हातहतियारका कारण शान्ति सुरक्षामा नै असर पर्ने देखिएपछि, नियन्त्रण गर्नका लागि प्रहरीको ‘विशेष अपरेसन सञ्चालन’ गर्ने तयारी गरिएको जनाइएको छ।

भदौ २३–२४ गते जेनजीले गरेको आन्दोलन हिंसात्मक भएसँगै देशभरका कारागारबाट फरार भएका कैदीमध्ये पाँच हजार ८१४ जना कैदी अझै फर्किएका छैनन् ।
आन्दोलनको मौका छोपेर फरार भएका १४ हजार ५४९ जना कैदीमध्ये पछिल्लो २८ दिनमा आठ हजार ७३५ जना कैदी भने कारागार फर्किसकेका छन् ।
त्यस्तै प्रहरीबाट लुटिएका करिब एक हजार २५० हतियारमध्ये २७४ वटा हतियार बरामद गरिएको र ९६ वटा हतियार जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालय तोडफोड र आगजनी गर्ने क्रममा लुटिएका करिब आठ सय हतियार नियन्त्रण तथा फरार झन्डै ६ हजार कैदीका कारण शान्ति सुरक्षामा नै असर पर्ने देखिएपछि नियन्त्रणका लागि ‘विशेष अपरेसन सञ्चालन’ गर्ने तयारी गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles