



सशस्त्र प्रहरी बल नेपाल बाराले तीनवटा मोटरसाइकलसहित लाखौंको पटका बरामद गरेका सशस्त्र प्रहरी बाराले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं १२ गण बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर केसीलाई भारतबाट भरियाको मध्यमले चोरबाटो उखुबारी हुदै मोटरसाइकलमा लोडगरि गन्तव्यतर्फ आईरहेको विशेष सुचनाको अधारमा एसपी केसीको विशेष अप्रेसन अन्तर्गत अन्दाजि ११:१० बजेको समयमा बाराका आदर्शकोतवाल गाउँपालिका-३ भटिनियाँ स्थित रहेको सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश तेलकुवाँ बाट खटिएर गएको सशस्त्र प्रहरी नायव निरीक्षक संजय यादवको कमान्ड गएको टोलीलाई देख्न साथ ३ वटा मोटरसाइकलमा प्रयोग गरि ३ जना ब्यक्तिले नेपाल तर्फ ल्याउदै गरेको अन्दाजि मुल्य रु. २,०५,०००,/- बराबरको नागिन पटकाहरु र अन्दाजि ३,००,०००/- बराबरको ३ वटा मो.सा. हरु गरि जम्मा ५,०५,०००, बरामरको मोटरसाइकल र पटका सोहि स्थानमा छाडि ब्यक्तिहरु फरार भएको हुदा उक्त मोटरसाइकल र पटकाहरु बरामद गरि सशस्त्र प्रहरी बल नं १२ गणको पेरी मिटर भित्र पोखरीको पानीमा नस्ट गरि मोटरसाइकल आबश्यक कारबाहीको लागि पर्साका बिरगंज भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरी बारा नं १२ गण का सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) विपिन देसारले जानकारी दिएका छन् ।


