Wednesday, October 15, 2025

धनुषा प्रहरीद्वारा ब्राउनसूगरसहित एक युवक ठाढीमा पक्राउ:-

ताजा / भरखरै प्राप्त

धनुषा जिल्लाको ठाढीबाट ब्राउनसुगरसहित सर्लाही जिल्लाका एक जना युवक धनुषा प्रहरीद्वारा पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय खजुरीको माहतहमा रहेको प्रहरी चौकी ठाढी का प्रहरी प्रमुख प्रहरी सहायक नीरिक्षक असई. सुरेश कुमार सिँहको कमाण्डमा चेकजाँच गर्न खटेका टोलीले ब्राउन सुगरसहित सर्लाही जिल्लाको छिदेश्वर नगरापलिका वडा नं. ४ बस्ने जोगिन्द्र सहनी बर्ष २० को छोरा नन्दु सहनीलाई पक्राउ गरिएको धनुषा प्रहरीले जानकारी दिएको हो ।

भारतबाट महिनाथपुरकोबाटो हुदै ब्राउनसुगर सहित नेपाल तर्फ आउँदै गर्दा सहनीलाई ९.१८० मिलिग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले पनि जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles