
राैतहट जिल्लाको गौर भन्सार कार्यालय भन्दा पुर्व पट्टी सिमा क्षेत्र नजिकैमा जमेका बाढीको पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ, राैतहको राजदेवी नगरपालिका वडा न ८ की १३ वर्षिया आस्था कुमारी, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।