Wednesday, October 15, 2025

पेट्रोलको मूल्य घट्यो,अन्य इन्धनको मूल्य यथावत:-

ताजा / भरखरै प्राप्त

असोज २९ – नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।
निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँले घटाएको हो। नयाँ मूल्य अनुसार काठमाडौं उपत्यका, पोखरा र धरानमा पेट्रोलको खुद्रा मूल्य अब प्रति लिटर १७५ रुपैयाँ पुगेको छ ।

यस्तै डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्यमा गिरावट आए पनि अन्य इन्धनमा स्थिरता रहेकाले ती इन्धनमा मूल्य समायोजन गरिएको छैन ।

नयाँ मूल्यसूची अनुसार देशभरका सबै पेट्रोल पम्पमा यही दरले पेट्रोल बिक्री हुने निगमले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles