
प्रहरी चौकी बरियारपुर बाराबाट प्र.ब.ना.नि.सिकिन्द्र साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा महागढीमाई न.पा.वडा नं.१ स्थित रहेको प्रहरी कार्यालय अगाडी सिम्रौनगढ बाट काठमाण्डौ तर्फ जादै गरेको बागमती प्रदेश ०३-००१ ख ३१२९ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाच गर्दा उक्त बसको डिकीमा राखिएको सुटकेस भित्र लुकाई छीपाई रखेको अबैध बिभिन्न किसिमको अं.मुल्य रू.५०,०००/- (पचास हजार) बराबरको प्रतिबन्धीत पटाका (१६ सोह्र बन्डल) नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।