




कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) चतुर्वेदीको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन ।
नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख एआईजी उमा चतुर्बेदी अनुगमन तथा निर्देशन सम्बोधनको क्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पुगेर निरीक्षण अनुगमन गर्नुभई कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ।
निर्देशनको क्रममा एआईजी चतुर्वेदीले उच्च मनोवलका साथ कार्य सम्पादन गर्न, पारदर्शी रुपमा नागरिकहरुले प्रत्यक्ष अनुभूती गर्ने गरी जनमुखी प्रहरी सेवा प्रवाह गरी प्रहरी संगठनको गरिमा बढाउन तथा हरेक प्रहरी कर्मचारीहरुले असल आचरणको पालना गर्दै आफ्नो तोकिएको जिम्मेवारी त्रुटि रहित ढंगबाट वहन गर्ने निर्देशन दिएका छन् ।