





पर्सा प्रहरीले तिहार र छठपर्वलाई शान्तिपूर्ण र सुरक्षात्मक वातावरणमा सम्पन्न गराउने उद्देश्यले पर्सा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकका अनुसार, दिपावली तथा छठ पर्वको समयमा गैरकानुनी गतिविधि, तस्करी, तथा विस्फोटक पदार्थको आवतजावत हुन सक्ने आशंकाका कारण विशेष सुरक्षा योजना तयार गरी सम्पूर्ण जिल्लामा कडाइ गरिएको जनाका छन् ।
पर्साका बिरगंज महानगरपालिका को मुख्य प्रवेशद्वार शङ्कराचार्य गेटमा विशेष चेकजाँच अभियान सञ्चालन भएको छ ।
सो स्थानमा जिल्ला प्रहरी कार्यालय पर्साका तालीम प्राप्त कुकुर, र वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदीको कमान्डमा, र प्रहरी चौकी ईनर्वाका वरिष्ठ नायब निरीक्षक कृष्ण बस्नेतको संयोजनमा संयुक्त रूपमा चेक जाच सुरु गरिएको छ।
परिचालन गरिएको छ। प्रशिक्षित कुकुरद्वारा सवारीसाधन, झोला, र सामानहरूको सूक्ष्म चेकजाँच गरी कुनै पनि शंकास्पद वस्तु वा व्यक्ति नियन्त्रणमा लिन पहल भइरहेको प्रहरी पर्साका प्रहरी प्रमुखले जनाएका छन् ।
तिहार र छठजस्ता महत्वपूर्ण पर्वहरूलाई लक्षित गरी पर्सा प्रहरीले अपनाएको सशक्त सुरक्षा व्यवस्था र तालीम प्राप्त कुकुर टोलीको सक्रियताले यस वर्षका चाडपर्वहरू सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न हुने अपेक्षा गरेका छन् ।